arrow

प्रतिनिधि सभाका लागि निर्वाचन आचार संहिता बुधबारदेखि लागू

logo
प्रकाशित २०७४ भदौ १४ बुधबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौं । यही २०७४ साल मंसिर महिनामा सम्पन्न हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले भदौ १४ गतेदेखि लागू हुनेगरी निर्वाचन आचार संहिता, २०७२  लागू गरेको निर्वाचन आयोगले जनाएको छ । 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको आयोगको बैठकले निर्वाचन आचार संहिता लागू गर्ने निर्णय गरेको हो । साथै, बैठकले यसको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सबै मन्त्रालय तथा संवैधानिक निकायहरुलाई जानकारी गराउने समेत निर्णय गरेको हो ।

निर्वाचन आचार संहिता, २०७२ देहाय बमोजिम व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ ः
(क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री,
(ख) स्थानीय तह,
(ग) स्थानीय तहका कर्मचारी,
(घ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,
(ङ) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,
(च) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा सोही निकायमा कार्यरत सुरक्षाकर्मी,
(छ) निर्वाचनको काममा संलग्न कर्मचारी,
(ज) सार्वजनिक पद धारण गरेको व्यक्ति ।

उम्मेदवारको हकमा भने यो आचार संहिता मनोनयन दर्ता भएको मिति देखि लागू हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ