arrow

प्रदेश नम्बर २ मा काँग्रेसका फाइनल उम्मेदवारहरु बुधबार

logo
प्रकाशित २०७४ भदौ १३ मंगलबार
congress-flag.jpg

काठमाडौं । असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन प्रदेश नम्बर २ मा हुँदैछ । तर अहिलेसम्म नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

काँग्रेसले तराईमा साउनमा आएको बाढीका कारण ढिलाई भएको जनाए पनि स्थिति सामान्य हुँदै जाँदासमेत उम्मेदवारको टुंगो लागेको छैन । 

तर प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भारतबाट फर्किएपछि टुंगो लाग्छ भनिएकामा देउवा व्यस्त भएकाले पनि टुंगो लाग्न नसकेको काँग्रेस स्रोतले जनाएको छ । 

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार प्रदेश नम्बर २ का सबै जिल्लाका उम्मेदवारको टुंगो लाग्ने जनाए ।

उनले हाम्राकुरासंग ‘प्रधानमन्त्रीज्यू व्यस्त भएकाले अन्तिम टुंगो नलागेको हो । प्रधानमन्त्री ज्यूले अन्तिम नामावली हेरेर बुधबार उम्मेदवारको घोषणा गरिने छ ।’ भने । 

कांग्रेसले सुरुमा उम्मेदवार छनोटको जिम्मा जिल्लालाई नै दिए पनि आकांक्षी धेरै देखिएपछि केन्द्रमै सिफारिस गर्न निर्देशन दिएको थियो ।
 
पहिलो र दोस्रो चरणको निर्वाचनमा केन्द्रबाटै उम्मेदवारहरु तोकिंदा पार्टीले हार बेहोरेको विष्लेषण भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ