arrow

प्युठानको बाग्डुलामा खुल्यो आईएमई सेन्टर

आईएमई सेन्टर आईएमईको एजेन्ट आउटलेट मध्येमा विशेष मानिन्छन् ।

logo
प्रकाशित २०७२ पुष २७ सोमबार
1-(1).jpg.jpeg
काठमाडौं । नेपालको नम्बर एक रेमिट्यान्स कम्पनी आईएमईले आफ्नो १ सय ४० औं आईएमइ सेन्टर  प्युठानस्थित बाग्डुलामा स्थापना गरेको छ ।  कम्पनीका प्रवन्धक एवं सेल्स तथा नेटवर्क प्रमुख रुद्रराज पौडेलले इन्टरफेस मनी ट्रान्सफरकोे नाममा सञ्चालन हुने उक्त शाखाको हालै शुभारम्भ गरे ।

उद्घाटन पछि पौडेलले कम्पनीको विशेष सेवा प्युठानसम्म ल्याई पुर्‍याउन महत्वपूर्ण योगदान गर्ने सेवाग्राही एवं व्यावसायीक साझेदार सैबलाई धन्यबाद व्यक्त गर्दै आईएमईले दिँदै आएको छिटो, छरितो र विश्वसनीय रेमिटेन्स सेवालाई अझै परिस्कृत र प्रविधियुक्त बनाउन कम्पनी कटिबद्ध  रहेको बताए । आईएमई सेन्टर आईएमईको एजेन्ट आउटलेट मध्येमा विशेष मानिन्छन्  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ