रेष्टुरेन्टमा बसेर जुवा खेलिरहेका १० जुवाडे पाँच लाख रुपैयाँसहित पक्राउ
प्रकाशित २०७४ भदौ ८ बिहिबार
265
Shares
पोखरा । पोखरा लेखनाथ महानगरपालिका–३१ बेगनासबाट रु चार लाख ७९ हजार ६३५ सहित दशजना जुवाडेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, शिशुवाबाट खटिएको टोलीले प्रमोद रानाभाटले संचालन गरेको शिशा होटल एण्ड रेष्टुरेन्टबाट जुवा खेलिरहेको अवस्थामा पाँच बुक ताससहित पोखरा २७ का सइबहादुर दुरा, निराजन बराल, नवराज श्रेष्ठ, बुद्ध गुरुङ, निरज बराल, जीवनाथ ढकाल, राजकुमार गुरुङ र मादी गाउँपालिका–१२ का प्रकाश ढकाललाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरिएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । रासस