स्पेनमा आइएसको हमला, १३ जनाको मृत्यु, जवाफमा ४ आतंककारी मारिए
प्रकाशित २०७४ भदौ २ शुक्रबार
686
Shares
स्पेन। स्पेनमा इस्लामिक स्टेट आइएसले गरेको आक्रमणमा १३ जना मारिएका छन्। आक्रमणमा एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएको बीबीसीले उल्लेख गरेको छ। आईएसले नै गराउन लागेको दोस्रो आक्रमण विफल बनाउने क्रममा सुरक्षाकर्मीले गरेको कारवाहीमा चार जना मारिएको प्रहरीले जनाएको छ।
बार्सिलोना नजिक कैम्ब्रिलसमा गराउन खोजिएको दोस्रो आक्रमण रोक्न गरिएको प्रहरी कारवाहीमा उनीहरु मारिएका हुन्। स्पेनका प्रधानमन्त्री मारियानो रखाँयले आक्रमण आतंकवादीले गराएको बताएका छन्। आइएसले पनि बार्सिलोना आक्रमणमा आफ्ना लडाकुको हात रहेको दावी गरेको छ।