arrow

यातायातमन्त्री बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न तराईमा

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
mantri_g.jpg

काठमाडौं । यातायात मन्त्री वीरबहादुर बलायरले बाढीग्रस्त जिल्लाको स्थलगत निरीक्षण गरेका छन् ।  बाढीग्रस्त जिल्लाको अवलोकनका क्रममा हेटौँडा, बारा र रौतहट  पुगेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री बलायरले बाढीग्रस्त बस्ती, सडक र पुलहरुको निरीक्षण गरे ।

मन्त्री बलायरले हेटौँडाको पुर्वी क्षेत्रमा रहेको र्करा खोलाबाट पुगेको क्षति र पूर्व पश्चिम राजमार्ग र त्यसमा रहेका पुलहरुको अवस्थाका विषयमा पनि चासो राखे । बारा जिल्लाको दुधौरा खोलामा रहेको पुलको बिच भागको पिल्लर भासिदा गाडी आवत जावतमा अवरोध पुगेको छ ।

कार्यक्रममा सँगै रहेका सडक विभाग र सडक कार्यालयका प्रमुखहरुलाई मन्त्री बलायरले विग्रिएका सडकहरु र पुलको मर्मत, सुधार तथा स्तरोन्नती गर्न कार्यमा तदारुकता देखाउन निर्देशन दिए ।

मन्त्री बलायरले नेपाली काँग्रेस मकवानपुर, बारा र रौतहटले आयोजना गरेको छुट्टा–छुट्टै कार्यकर्ता भेटघाट कार्यक्रमलाई पनि सम्बोधन गरे । भेलालाई सम्बोधन गर्दै मन्त्री बलायरले भने, ‘नेपाली काँग्रेसप्रति जनताको ठूलो भरोसा भएकाले सरकारले जन चाहना बमोजिम काम गरिरहेको छ ।’ तराईमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकाले सबै मिलेर यो संकटबाट बाहिर आउनु पर्नेमा मन्त्री बलायरले जोड दिए ।

आफु बाढीबाट क्षति पुगेको सडक र पुल तथा बस्तिहरुको वास्तविक स्थिति बुझ्न बाढीग्रस्त क्षेत्रमा आएको बताउँदै मन्त्री बलायरले आफ्नो मन्त्रालयबाट गर्न सकिने सहयोग अल्पकालिन र दीर्घकालिन योजना बनाई यथाशीघ्र काम सुरु गर्ने बचन दिए ।

मन्त्री बलायरले महोत्तरीमा पनि बाढीग्रस्त क्षेत्रको अवलोकन निरीक्षण गर्ने कार्यक्रम रहेको भौतिक पुर्वाधार तथा यातायात मन्त्री बलायरका प्रेस सहयोगी रमेश जोशीले जानकारी दिए । निरीक्षणमा मन्त्री बलयारसँगै मन्त्रालयका सचीव, सडक बिभागका महानिर्देशक पनि सङ्गै रहनु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ