arrow

देश बिकासको आधार सहकारी : पूर्व अर्थमन्त्री अधिकारी

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
bharat_mohan.jpg.jpeg
काठमाडौं । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले नेपालको आर्थिक बिकास र नेपालीको जिवनस्तर सुधारका लागि सहकारी अभियानलाई अझ सशक्त रुपमा देशव्यापरु रुपमा बिस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।  उहाँले भन्नुभयो– देशमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी बिकासमा लगाउन देशैभरि हजारौँको सङ्ख्यामा रहेका सहकारीको ठूलो योगदान रहेकोले अब देश बिकासमा सहकारी सञ्जालको सदुपयोग गर्नेगरी नीति निर्माणको आवश्यकता छ । 
 
सपना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अठारौँ बार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै पूर्व अर्थमन्त्री अधिकारीले अबको नेपालको प्राथमिकता आर्थिक समृद्धि हो भन्दै त्यसका लागि सहकारीसमेत सम्लग्न तीन खम्बे अर्थनीतिलाई थप मजबुद बनाउनुपर्ने बताउनुभयो । उहाँले सहकारी मन्त्रालयल र राष्ट्रिय योजना आयोगलाई हरेक वर्षको बजेटमा सहकारिताको बिकास गरी यसका माध्यमबाट जनताको जिवनस्तार उकास्ने खालको नीति बनाउन आग्रह पनि गर्नुभयो । 
 
सो कार्यक्रममा उहाँले उक्त सहकारीद्वारा गरिब एवम् जेहेन्दार विद्यार्थीलाई दिइएको रु १५ हजार रुपैयाँको छात्रवृत्ति नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा कक्षा ११ मा अध्ययनरत छात्रा आयुषा महर्जनलाई प्रदान गर्नुभयो । सो सहकारीका अध्यक्ष प्रज्वल थान्जुले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उक्त संस्थाले १५ लाख ९१ हजार सञ्चालन मुनाफा गरेको देखिएको छ । उक्त सहकारीका उपाध्यक्ष रामचन्द्र अर्यालले सो सहकारीले गत बैशाखको भूकम्पपछि सिन्धुपाल्चोकमा खाद्यान्न एवम् लत्ता कपडा सहयोगका साथै गोरखाको एक विद्यालयमा कक्षा कोठा निर्माण गरेको जानकारी गराउनुभएको थियो ।  सो संस्थाले ६.९१ प्रतिशत नगद लाभांस बितरण गर्ने जानकारी पनि उक्त कार्यक्रममा दिइएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ