arrow

औद्योगीकीकरण विना आर्थिक विकास असम्भवः मन्त्री पाण्डे

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
12541093_1043057832421656_8553357556701432881_n.jpg.jpeg
श्रीकृष्ण सिग्देल, स्याङ्जा । नेपाल सरकारका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले मुलुकमा औधोगीकीकरण विना आर्थिक विकास असम्भव हुने बताएका छन् । स्याङ्जालाई खुला दिशा मुक्त जिल्ला घोषणा गर्न आएका सरकारका मन्त्री पाण्डेलाई वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाटमा ठुला तथा साना उद्योग स्थापना नगरी मुलुकलाई आर्थिक समृद्ध बनाउन नसकिने बताएका हुन् । श्रम ऐन र लगानी नीति वातावरण मैत्री नभएकालेले उद्योग संचालनमा कठिनाई भएको वालिङका व्यवसायीहरुले गुनासो गरेपछि मन्त्री पाण्डेले नेपालको संविधान २०७२ ले पनि मौलिकहकका विषयमा उल्लेख गरेकाले ढुक्क सगँ उद्योग व्यवसायमा लाग्न आग्रह गरे । 

नेपालको संविधान विश्वकै उत्कृष्ट भएको उल्लेख गर्दै मन्त्री पाण्डेले उद्योगधन्दा संचालनमा हुने कठिनाईका बारेमा नेपालको संविधान २०७२ ले मौलिकहकमा उल्लेख गरेकाले अव मुलुकलाई औधोगीकरण तर्फ उन्मुख गराउनु पर्नेमा जोड दिए । संविधानमा उल्लेख गरिएपनि कार्यन्वयनमा भने कठिनाई देखिन थालेको संकेत गर्दै उद्योग मन्त्री पाण्डेले श्रमनीति र लगानी नीतिमा भने केही परिमार्जन गर्नुपर्ने बताएका छन् । मुलुकमा प्रसस्तै सम्भावनाहरु रहेर पनि काम गर्न नसकिएको स्वीकार गर्दै मन्त्री पाण्डेले सम्भावनाहरुको खोजी गरी मुलुकलाई अव औधोगीकरण तर्फ लैजानुपर्ने धारणा व्यक्त गरे ।

स्याङ्जामा पनि उद्योग कलकारखानाका लागि प्रसस्तै सम्भावना भएकाले आफ्नो तर्फबाट सक्दो सहयोग मिल्ने प्रतिवद्धता मन्त्री पाण्डेले गरे । औधोगिक नीति र श्रमनीति फितलो भएका कारण उद्योगी व्यवसायीलाई कठिनाई भएको व्यवसायीहरुले बताएका थिए । वालिङ सम्भावनाको बजार भएकोले सरकारले बिषेशरुपले फोकस गरी यस क्षेत्रलाई पर्यटन, कृषि र औधोगीकीकरणका रुपमा विकास गरिदिन मन्त्री पाण्डे सगँ वालिङ उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ