arrow

कृष्णप्रसाद सिटौलाको सुझावः ‘मंसिरको पहिलो साताभित्र प्रदेश र केन्द्रको निर्वाचन गर्नु उपयुक्त’

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
Krishna-prasad-sitoula-sitaula.jpg.jpeg

भद्रपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको पूर्ण कार्यान्वयन भए मात्र जनताले खोजेको शान्ति, स्थायित्व र समृद्धि प्राप्त हुने बताएका छन् ।  

आफ्नै निवास चन्द्रगढीमा आयोजित पत्रकार भेटघाटमा काँग्रेसका पूर्वमहामन्त्री सिटौलाले भने, “नेपाली काँग्रेस संविधानको कार्यान्वयनका लागि स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने पक्षमा छ, निर्वाचनमा कसले जित्यो वा हा¥यो भन्दा पनि पार्टी सबै निर्वाचन सम्पन्न भएर देशमा शान्ति, राजनीतिक स्थायित्व र देशको समृद्धिको पक्षमा छ ।” 

आगामी मंसिरको पहिलो साताभित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नु उपयुक्त हुने बताउँदै उनले भने, “काँग्रेस नेपाल र नेपाली जनताले जितेको हेर्न चाहन्छ ।”

उनले सबैका माग र चाहनालाई सकेसम्म सम्बोधन गरेर मात्र राष्ट्रिय एकता कायम गर्न सकिने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ