पत्रकार पौडेललाई धम्की दिने निगमका खड्कालाई कारवाही गर्न युनियनको माग
प्रकाशित २०७४ साउन २१ शनिबार
315
Shares
काठमाडौं । नेपाल प्रेस युनियनले पत्रकार एवम युनियनका केन्द्रिय सदस्य दिलिप पौडेललाई धम्की दिने निगमका प्रवन्ध खड्कालाई कार्वाही गर्न माग गरेको छ।
शनिबार युनियनले एक बिज्ञप्ति जारी गर्दै नागरिक दैनिकका पत्रकार पौडेललाई समाचार संकलनका क्रममा आयल निगमका प्रवन्ध निर्देशक गोपाल खड्काले दिएको धम्कीप्रती ध्यानाकर्षण भएको जनाएको छ । साथै धम्की दिने खड्कालाई कार्वाही गर्न युनियले माग गरेको छ ।
निगमका निर्देशक खड्काले समाचार संकलन गर्ने पौडेललाईमात्र नभई उनको परिवारलाई समेत धम्की दिएको थियो ।
सरकारको केन्द्रीय सचिवालय सिंहदरवारमै पत्रकारमाथि दुर्व्यवहार गर्दै धम्की दिइने कार्यले सरकारी निकायमा मौलाउँदो अराजकता र दण्डहिनतालाई संकेत गरेको भन्दै खड्कालाई तत्काल पदबाट निलम्वन गरि कार्वाहीको प्रक्रियामा लैजान युनियनले माग गरेको हो।