arrow

कपिलवस्तु नगरपालिकाको बजेट ११ करोड

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
kapilbastu.jpg.jpeg
मणि प्रसाद गैहे्र,  कपिलवस्तु । जिल्लाको पहिलो नगरपालिका  कपिलवस्तु नगरपालिकाले आ.ब. २०७३-७४ का लागी १० करोड ९४ लाख बजेट सार्वजनिक गरेको छ । प्रस्ताबित बजेटमा कार्यालयको पुजीगत खर्च तर्फ ६ करोड ७५ लाख ७९ हजार, प्रशासनिक खर्च तर्फ १ करोड २७ लाख २५ हजार छुट्टाइएको छ । कार्यकारी अधिकृत निरन भट्टराईले बार्षिक निति, कार्यक्रम तथा योजना सार्वजनिकिकरण कार्यक्रममा सो प्रस्ताबित बजेट सार्वजनिक गरेका हुन ।   सामाजिक सुरक्षा, स्थानीय शासन तथा सामुदायिक  बिकास कार्यक्रम तर्फ २ करोड ९१ लाख बजेट प्रस्तुत गरिएको हो ।
 
बजेटमा शहरी बिकास तथा भौतिक पुर्वाधार निती, आर्थिक प्रशासन तथा राजश्व परिचालन निती, आर्थिक तथा सामाजिक बिकास निती र सुशासन प्रबद्र्धन एवम संगठन बिकास निती अन्र्तगतका कार्यक्रम अबलम्बन गर्ने बताईएको छ । नगर बिकास बार्षिक कार्यक्रममा योजना तर्जूमा गर्दा तिन बर्षिय अन्तरिम योजना, सहश्राब्दी बिकास लक्ष्यले निर्धारण गरेका प्राथमिकता प्राप्त निती र कार्यक्रमहरु, आबधिक नगरबिकास योजना, क्षेत्रगत योजना, गरिबी न्युनिकरण रणनितीपत्र, स्थानिय स्वायत्त शासन ऐनका सिद्धान्त, रणनिती एवम नेपाल सरकारबाट प्राप्त मार्ग निर्देशनलाई आधार बनाईएको छ ।
 
योजनामा ठुला परियोजना सञ्चालनका लागी श्रोत खोजी, पेश्की बेरुजु फरफारक, कर्मचारकिो क्षमता बिकासका लागी कार्य योजना, श्रम सहभागीतामा जोड, खुल्ला दिसामुक्त अभियान सफल बनाउन शौचालय नहुनेलाई कार्यक्रममा सहभागीता नदिने र कर्मचारीको तलब रोक्का सगै बालबालिका, दलित, जनजाती, पिछडा बर्ग, महिला र अपागं सम्मिलित परियोजना कार्यान्वयनमा बिशेष जोड दिने प्रमुख निती अख्तियार गरिएको कार्यकारी अधिकृत भट्टराईले बताए । सो अवसरमा स्थानिय पत्रकार खग प्रसाद चापागाईलाई नगरपालिकाले बर्षेनी प्रदान गर्ने १० हजार राशीको पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी एंव सभासद वृजेश कुमार गुप्ताले  कपिलवस्तुलाई सांस्कृतिक नगरपालिका बनाउन पहल गर्ने बताए  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ