arrow

ट्याक्सी चालकलाई यतीको बैंकिङ साक्षरता र ट्राफिक सचेतना

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
yeti.jpg.jpeg
काठमाडौ ।  यती डेभलपमेण्ट बैंकले ट्याक्सी चालकहरुलाई बैकिङ्ग साक्षरता तथा ट्राफिक सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक महाशाखा रामशाहपथ, काठमाडौमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ट्राफीक महाशाखाका प्रमुख जय बहादुर चन्दले “जिब्रोको गरीमा मिठो बोलीमा र मुस्कान सहितको ट्राफीक सेवा” को बारेमा जानकारी गराउँदै ट्याक्सी चालकहरुको पेशालाई मर्यादित गर्न सकिने उपायहरूका विषयमा जानकारी गराउनुभएको थियो ।
 
यस्तै ट्राफीक कार्यालयका प्रशिक्षक बिष्णु थापा र खड्ग आचार्यले ट्राफीक सचेतना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा यती डेभलपमेण्ट बैंकको सामाजीक उत्तर दायीत्व शाखाकी प्रमुख  दिपान्जली खकुरेलले बैकिङ्ग साक्षरता सम्बन्धी कक्षाहरु संचालन गर्नुभएको थियो । सहभागीहरुले ट्राफीक नियम तथा बैकिङ्ग साक्षरताबारे एकै पटक जानकारी प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए भने कार्यक्रमबाट प्राप्त ज्ञानलाई दैनिक जीबनमा लागु गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ