कान्दाहारको सैनिक पोष्टमा तालिबानको रातभर आक्रमण : २३ सैनिक मारिएको आशङ्का
प्रकाशित २०७४ साउन ११ बुधबार
282
Shares
कान्दाहार। अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिबानहरुले मङ्गलबार गरेको आक्रमणमा करिब २६ जना सैनिकको मृत्यु भएको स्थानीय समाचार स्रोतले जानकारी दिएका छन् ।
स्थानीय नागरिकलाई उद्धृतगर्दै दिइएका केही समाचारअनुसार उक्त पोष्टमा २६ सैनिक मारिएको आशङ्का गरिएको छ । तर यो समाचारको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन ।
त्यसमा परी ठूलो सङ्ख्याका सैनिक मारिएको र घाइते भएको अनुमान गरिएको कान्दाहारका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ठूलो सङ्ख्यामा आएका तालिबानहरुको रातभरको हमलामा परी कैयौँ सैनिक मारिएको अनुमान गरिएको छ तर के कतिको सङ्ख्यामा हताहत भएको हो भन्ने बारेमा भने केही आएको छैन, स्थानीय सञ्चारले बुधबार बिहान जनाएका छन् ।
उक्त सैनिक पोष्ट दुर्गम जिल्लामा पर्ने भएकोले थप अनुसन्धानका लागि सुरक्षाकर्मीहरु खटेका र केही समयपछि यसको विस्तृत बिबरण आउने अफगान गृह मन्त्रालयले जानकारी दिएको छ । सिन्ह्वा