arrow

राजनीतिक कारणले अर्थतन्त्र धरासायी भयो : पूर्व अर्थमन्त्री महत

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
Ram-sharan-Mahat_20140715025225.jpg.jpeg
पथरी (मोरङ) । पूर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले राजनीतिक कारणले देशको अर्थतन्त्र धरासायी भएको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता महतले माओवादीको १० वर्षे जनयुद्ध र भारतले गरेका नाकाबन्दीले देशको अर्थतन्त्र धरासायी भएको बताउनुभयो । उहाँले अहिलेको सरकारले कुरा बढी काम कम गरेको बताउँदै भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणलगायतका कामलाई चाँडो अगाडि बढाउन आग्रह गर्नुभयो । 
 
नेता महतले सरकारले संविधान संशोधनको कामलाई अगाडि बढाएकामा प्रशङ्सा गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले मधेसको समस्या हल गर्न सुरु गरेको छ । नजिकिन लागेको पार्टीको महाधिवेशनमा आफ्नो उम्मेदवारीको अभियानका क्रममा नेता डा महत आज उदयपुरतर्फ लाग्नुभएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ