arrow

जुम्लामा रु तीन करोड सत्र लाख राजस्व सङ्कलन

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
District-58-Jumla--hamrakura.jpg.jpeg
जुम्ला । करदाता सेवा कार्यालयले आव २०७१/७२ मा रु तीन करोड १७ लाख राजस्व सङ्कलन गरेको छ । करदाता शिक्षा तथा करदाता राज्यप्रति उत्तरदायी भएकै कारण राजस्वमा वृद्धि भएको हो । चालु आवमा सम्पूर्ण नागरिकलाई अनिवार्य रुपमा पुस २५ गतेभित्रमा कर तिर्न पूर्व सूचना गरिएको निमित्त कार्यालय प्रमुख फर्सबहादुर राईले जानकारी दिनुभयो । “तोकिएको अवधिभित्र कर तिर्नेलाई केही प्रतिशत छुट दिने व्यवस्था गरिएको छ” उहाँले भन्नुभयो । 
 
जिल्लामा दर्ता भएका साना तथा ठूला उद्योगलगायत सम्पूर्ण व्यवसायीले आफ्नो व्यवसायलाई कानुनी रुपमा दर्ता गर्न करदाता सेवा कार्यालयले सूचना जारी गरेको छ । हाल जिल्लामा दुई हजार ६०० करदाता रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ