यू–१९ विश्वकप छनौट क्रिकेटः नेपाल र मलेसिया मैदानमा
टस जितेर नेपाल फिल्डिङमा
प्रकाशित २०७४ साउन ९ सोमबार
573
Shares
सिंगापुर । सिंगापुरमा भइरहेको यू–१९ विश्वकप छनौट क्रिकेट प्रतियोगिताको एसियाली समूहको खेलमा सोमबार नेपालले मलेसियासंग खेलिरहेको छ ।
खेलमा टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ ।
यसअघिका चारमध्ये तीन खेलमा जित हासिल गर्दै दोस्रो स्थानमा रहेको नेपाललाई विश्वकपमा छनोट हुने सम्भावना कायम राख्न मलेसियामाथि भारी अन्तरको जित आवश्यक छ ।
नेपालले यसअघि सिंगापुरलाई दुई पटक र मलेसियालाई एक पटक हराए पनि अफगानिस्तानसंग भने पराजित हुनुपरेको थियो ।
सोमबारको अर्को खेलमा अफगानिस्तान र सिंगापुर भिडिरहेका छन् । सत्प्रतिशत नतिजासहित अफगानिस्तान भने शीर्ष स्थानमा छ ।
नेपालले अन्तिम खेल मंगलबार अफगानिस्तानसंग खेल्नेछ ।