बझाङ । भालुको आक्रमणबाट मृत्यु भएकाका परिवारले पाँच लाख रुपैयाँ राहत पाएको छ । बझाङको काँडा गाँउपालिका–१ धलौनका अख्या धामीको परिवारले पाँच लाख रुपैयाँ राहत पाएको हो ।
जिल्ला वन कार्यलयका प्रमुख अशोक श्रेष्ठले मृतक अख्या धामीकी श्रीमती फुगीदेवीलाई पाँचलाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
धामीका ९ वर्षकी छोरी र ७ र ४ वर्षका दुई छोरा छन् । काँडा गाँउपालिका–१ को खाडा जङगलमा भेडा चराउन गएका बेला अख्या धामीलाई भालुले आक्रमण गरेको थियो ।