यु-१९ विश्वकप छनोट क्रिकेट: सिंगापुर बिरुद्ध नेपाल बिजयी
प्रकाशित २०७४ साउन ६ शुक्रबार
436
Shares
सिंगापुर । सिंगापुरमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको चौथो खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १६८ रन बनाएको थियो।
नेपाल ४६.५ ओभरमा १६८ रन बनाएर अलआउट भएको थियो । दिपेन्द्र सिंह ऐरीले ५४, सन्दिप सुनारले २६, प्रकाश केसीले २३ तथा रोहित कुमार पौडेलले १५ रन बनाएका थिए । त्यसबाहेक अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
सिंगापुरलाई १४६ रनमा समेट्ने क्रममा नेपालका कप्तान सनदिप लामिछानेले ४ विकेट लिएका थिए। उनले १० ओभरमा १ मेडेन राख्दै २२ रन खर्चेका थिए। त्यसैगरि किशोर महतो र पवन सर्राफले २-२ विकेट हात पारेका थिए। ५४ रन बनाएका दिपेन्द्रले पनि १ विकेट लिएका थिए।
सिंगापुरका हान्सुल दिपले सार्वाधिक ३२ रन बनाएाक थिए। त्यसैगरि सिद्धान्तले २५ र रोहन रंगराजनले २३ रनको योगदान गरेका थिए।