चीनमा दुई लाख १० हजार व्यक्तिलाई अनुशासन उल्लङ्घनको कारबाही
प्रकाशित २०७४ साउन ५ बिहिबार
357
Shares
बेइजिङ। कम्युनिष्ट पार्टी अफ चाइना (सिपीसी)का उच्च अनुशासन निरीक्षकका अनुसार दुई लाख १० हजार जना अधिकारीलाई अनुशासन उल्लङ्घनको कारबाही भएको छ।
सन् २०१७ को छ महिनाभित्र यति ठूलो सङ्ख्यामा अनुशासन उल्लङ्घनको सजाय भएको सिपीसीले जानकारी दिएको छ। यो तथ्याङ्क कम्युनिष्ट पार्टी अफ चाइनाको अनुशासन समिति (सिसिडिआइ)ले बिहीबार सार्वजनिक गरेको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ।
यस प्रकार अनुशासनको सजाय भोगेका व्यक्तिहरुमा ३८ जना प्रान्तीय अर्थात मन्त्रीस्तरीय र एक हजारभन्दा बढी जिल्लास्तरका तथा आठ हजार चार सयभन्दा बढी गाउँस्तरका अधिकारी रहेका छन्।
सिपीसीले सन् २०१६ मा चार लाख १५ हजार व्यक्तिलाई अनुशासन उल्लङ्घनको कारबाही गरेको थियो। रासस-सिन्ह्वा