आइसीसी एसिया यू–१९ क्रिकेटः नेपाल र अफगानिस्तान मैदानमा, नेपालको फितलो बलिङ
प्रकाशित २०७४ साउन ५ बिहिबार
241
Shares
पदाङ । सिंगापुरको पदाङमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको तेस्रो खेलमा बिहीबार नेपालले अफगानिस्तानसंग खेलिरहेको छ ।
खेलमा नेपालले टस जितेर फिल्डिङ गरे पनि कसिलो बलिङ गर्न सकेको छैन । अफगानिस्तानले ७५ रन जोड्दा पहिलो विकेट गुमायो । १११ रन जोड्दा भने तिन विकेट गुमाइसकेको छ ।
दुबै टिमले यसअघिका खेलमा सिंगापुर र मलेसियालाई हराएका छन् । हेड टु हेडमा अफगानिस्तान हावी भएकाले पनि नेपाल दबाबमा छ ।
चार टिम सहभागी प्रतियोगितामा सबै टिमले आपसमा २–२ खेल खेली शीर्ष स्थानमा रहने विश्वकपमा पुग्नेछ ।