इरानी राष्ट्रपति रौहानीका भाई भ्रष्टाचार आरोपमा पक्राउ
प्रकाशित २०७४ साउन २ सोमबार
258
Shares
तेहरान (इरान), १ साउन। इरानी राष्ट्रपति हसन रौहानीका भाई हुसैन फेरियदौनलाई आर्थिक अपराधमा सम्लग्न रहेको आरोपमा पक्राउ गरी अनुसन्धान अधि बढाइएको इरानको न्यायलयले आइतबार जनाएको छ।
फरियदौनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको र यससम्बन्धि मुद्दामा अन्य केही जनालाई पनि अनुसन्दानको दायरामा ल्याइएको न्यायलयका उपप्रमुख गुलामहुसैन मोहसेनी एजाइले यहाँको एक टेलिभिजनसँगको कुराकानीमा बताए।
राष्ट्रपतिका भाई फेरियदौनलाई शनिबार धरौटी जम्मा गरी तारिखमा बस्ने सुविधा प्रधान गरिएको भएपनि धरौटी जम्मा गर्न असमर्थ भएका कारण उहाँलाई सुरक्षा नियन्त्रणमा लिइएको एजाइले बताए। रासस-सिन्ह्वा