arrow

मगर समुदाय सरसफाई अभियानमा

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
Magar.jpg.jpeg
श्रीकृष्ण सिग्देल, स्याङ्जा । मुलुकमा प्रजातन्त्र देखि गणतन्त्र सम्म आइपुग्दा विभिन्न जातिय देखि क्लव, आमा समुहहरु एकत्रित हुने अवस्था आएको छ । समुहमा एकत्रित भएपछि समाजिक परिवर्तनका लागि काम गर्न थालीएको देखिन्छ । यस्तै काम गरेर मगर समुदायले आफुलाई सामाजिक परिवर्तनमा अगाडी बढाएको छ । 

स्याङ्जा जिल्लाको तेस्रो व्यपारीक केन्द्रको रुपमा मानिदै आएको गल्याङ बजारलाई सफा सुन्दर बनाउन मगर समुदायले सचेतना अभियान शुरु गरेका छन् । सिद्धार्थ राजमार्ग सगै जोडिएको गल्याङ बजार अत्यन्तै सागुरो अवस्थामा रहेको छ । भौगोलिक दृष्टिकोणले पनि सदरमुकामबाट ७५ किलोमिटर पश्चिममा पर्ने यो बजार तेस्रो व्यापारीक केन्द्र हो । बजार क्षेत्र फोहोर भयो भनेर नेपाल मगर संघ इकाई समितिमा आवद्ध युवा, विद्यार्थी र महिलाहरुको संयुक्त प्रयासमा सरसफाई सम्वन्धी सचेतना अभियानको थालनी गरिएको छ । यो थालनी नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा व्यवस्थापिका सांसद धनराज गुरुङले उदघाटन गरेका थिए । गुरुङले मगर समुदायले थालेको यो अभियान एउटा शिक्षा भएको बताए । गुरुङ्ले सरसफाई अभियानको उदघाटन गरेपछि अहिले गल्याङ बजारलाई विभिन्न समुहहरुले पनि यसलाई निरन्तरता दिएका छन् । 

साघुरो अनि बजार फोहोर भएकालेले हामीले सचेतनाको लागि यो अभियानको थालनी गरेको मगर महिला समाजकी कृष्णमाया राना बताउछीन् । यस कार्यलाई हामीले थालनी गरेर मात्रै छाड्ने छैनौ बजार सफा राख्नुपर्छ भन्ने सन्देश बेला बेलामा दिनेछौं । सरसफाई अभियानमा मगर महिलाहरुको सहभागिता उल्लेख्य रहेको थियो । त्यस्तै अर्का मगर युवा समाजका डोल थापाले पनि मगर युवाहरुले साप्ताहिक रुपमा यो अभियानलाई निरन्तरता दिनेछौ । जसले गर्दा सफा बजारको रुपमा गल्याङ्लाई चिनाउन सकौं ।

मगर समुदायले शुरुवात गरेको सरसफाई अभियानलाई पूर्णरुपले सहयोग गर्ने प्रतिवद्धता गल्याङ बजार व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष जनक श्रेष्ठले गल्याङ बजारमा रहेका विभिन्न क्लव, समुदाय र उद्योगी व्यपारीलाई पनि यो अभियानमा जुट अभिप्रेरित गर्ने बताए । गल्याङ बजारको अस्थित्व सगँ जोडिएको काम भएकोले यसको निरन्तरतामा सहयोगी भुमिका निभाउने श्रेष्ठले बताए । 

यो समुदायले गरेको प्रशंसनीय कार्यका लागि यहाँका राजनीतिकदलले पनि महत्वपूर्ण भएको जनाएका छन् । चेतना र आधुनिकताको विकास सगै यो अभियान पनि एउटा विकासको खुड्किलो हो भन्ने राजनीतिकददले बुझेको छ काँग्रेसका जिल्ला सदस्य गुरुप्रसाद भट्टराईले भने । मगर समुदायले मात्रै होइन अन्य समुदायले पनि यस्ता रचनात्मक काम गर्ने अभ्यास सिर्जना गर्नुपर्छ तव मात्रै देशको विकासले गति लिने छ भन्ने यहाँका राजनीतिकदलका अगुवाहरु बताउछन् । 

जिल्लाकै क्षेत्रिय सदरमुकाम समेत रहेको गल्याङ विकासमा निकै पछाडी परेको छ । सडक, खानेपानी, स्वास्थ्य र शिक्षा जस्तो विकासको पूर्वाधारमा पछाडी परेको यो क्षेत्र सरसफाई अभियान जस्तै अन्यमा पनि अभियानको थालनी गर्न सकेमा विकासले फड्को मार्ने देखिन्छ । मगर समुदायले देखाएको रचनात्मक काम अन्य समुदाय, क्लव र आमासमुहका साथै सरकारी निकायले पनि सिक्नु जरुरी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ