arrow

दोस्रो चरणको निर्वाचनमा सबै तहको परिणाम आयो, धरान उपमहानगरपालिकामा एमाले 

logo
प्रकाशित २०७४ असार २७ मंगलबार
3dal2.jpg

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमालेले मेयर तथा उपमेयर दुवै पद जितेको छ ।  मेयरमा तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारी सुवेदी निर्वाचित भएका हुन् ।

सुब्बाले २० हजार ९ सय ७५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका तिलक राईले १६ हजार २ सय २  मत ल्याए ।

उपमेयरमा मन्जुले २१ हजार २ सय ५६ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्द्धी कांग्रेसकी श्यामा रेग्मीले १४ हजार १ सय ९७ मतमात्र ल्याइन् । 

योसँगै दोसो चरणको निर्वाचनमा सबै तहको मत परिणाम आएको छ । निर्वाचनमा एमाले १५१ स्थानीय तह जितेर पहिलो पार्टी बनेको छ भने काँग्रेस १२२ तह जितेर दोस्रो स्थानमा रह्यो ।

तेस्रो स्थानको नेकपा माओवादी केन्द ३८ तह जितमै सिमित भएको छ । ८ तह जितेर संघीय समाजवादी फोरम चौथो स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ