-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
झापा । झापाको अर्जुनधारा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।
मेयरमा एमालेका हरिकुमार राना र उपमेयरमा कमला खतिवडा आचार्य विजयी भएका हुन् ।
रानाले १३ हजार ८ सय ७९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हेमप्रसाद खरेलले ९ हजार ६ सय ४१ मत प्राप्त गरे ।
उपमेयरमा निर्वाचित खतिवडाले १२ हजार ८ सय ३१ मत ल्याउँदा उनकी निकटम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती सिटौला गोलेले १० हजार ५ सय ७९ मत ल्याइन् ।