arrow

पुनर्बासको मेयर र उपमेयर दुबै एमालेको पोल्टामा 

logo
प्रकाशित २०७४ असार २५ आइतबार
punarbas.jpg

पुनर्बास । कञ्चनपुरको पुनर्बास नगरपालिकाको मेयर र उपमेयर पदमा नेकपा एमालेका क्रमश जीवनराज थापा र शारदा बिष्ट बिजयी भएका छन् । आईतवार बेलुका सम्पन्न पुनर्बास नगरपालिकाको मतगणनाको अन्तिम नतिजा अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार थापा ६ हजार ४० मत ल्याएर बिजयी भएका हुन । 

उप मेयर पदमा एमाले कि शारदा बिष्ट ६हजार ३६६मत ल्याएर बिजयी भएकी छिन् । बिजयी मेयर थापाका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका बीरबहादुर थापाले ५ हजार ५१४ मत ल्याएर दोस्रो स्थानमा रहेका छन भने उपमेयरमा नेपाली काँग्रेसकी भुलिया राना ५ हजार ३९२ मतका साथ दोस्रो स्थानमा रहेकी छिन  र उपमेयर सीता बिकले ५ हजार ३५६ मत ल्याएर तेस्रो स्थानमा रहेकि छिन । 

नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार तोयप्रसाद शर्माले ५ हजार ५१२ मत ल्याएर तेस्रो स्थानमा रहेका छन । मत गणनाको सुरु देखिनै अग्रता लिएको एमालेले पुनर्बासको ११ वटै वडाहरुमा अग्र स्थानमै बिजयी भएको छ । पुनर्बासको १ नम्बर वडा  देखि नै कमजोर रहेको काँग्रेसले ४ ,६,७,८ ,९ र ११  नम्बर वडामा अग्रता लिए पनि जित सुनिश्चित बनाउन निर्णायक मत पाउन सकेन । 

काँग्रेसले पुनर्बासको प्रमुख पदमा बिजयका लागि निर्णायक मतको आश गरेको साबिक बाइसेबिचवा हाल पुनपा १० मा तेस्रो स्थानमा सिमित रहन पुगे पछि जितको अबसर गुमाउन पुगेको हो । पुनर्बासमा १,३,५ ,६ ,४ र ७ नम्बर वडामा वडाध्यक्ष सहित सदस्य जितेको छ । माओबादी केन्द्रले  २,९ र १० मा प्यानल जिते पनि ४ नम्बरमा भने वडाध्यक्ष मात्रै जितेको छ । नेपाली काँग्रेसले वडा नम्बर ८ र ११ मा प्यानल जितेको र ६ नम्बरमा एक सदस्य मात्र जित्न सफल बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ