काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको हो । शुक्रबार राजपा निर्माण गर्दा मिलेका ६ वटै दलका अध्यक्षहरुको मन्जुरीनामा लिएर महन्थ ठाकुरले आयोगमा दर्ता गराएका हुन् ।
उनीहरुले दर्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पार्टीका शीर्ष नेताहरुले निर्वाचन आयोगमा दल दर्ता भएको भएपनि आफ्नो माग पूरा नभएसम्म निर्वाचनमा भने भाग नलिने बताएका छन् ।
राष्ट्यि जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरलाई दल दर्ताको लागि अधिकार दिएर पठाईएको पत्रमा अर्का अध्यक्षमण्डलका अध्यक्षहरु राजेन्द्र महतो, महेन्द्र राय यादव, शरद्सिंह भण्डारी, अनिल झा र राजबिशोर यादवले हस्ताक्षर गरेर दर्ताको जिम्मेवारी ठाकुरलाई दिईएको थियो । उक्त पार्टी आयोगमा ८ हजार ३ सय ६६ दर्ता नं मा दर्ता भएको छ ।