विराटनगर। मोरङको रङ्गेली नगरपालिका प्रमुखमा नेकपा(माओवादी केन्द्र)का दिलिप बगडिया आठ हजार ६८ मत प्राप्त गरी विजयी भएका छन् । बगडियाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोदराज घिमिरेले छ हजार १८६ मत प्राप्त गरे।
उपप्रमुखमा विवाद
उपप्रमुख पदमा झिनो मत अन्तरका कारण सामान्य विवाद भएपछि वडा नं ६ को पुनःमतगणना सुरु गरिएको छ । सर्वदलीय बैठकपछि सो निर्णय गरेर पुनः मतगणनाको काम सुरु भइसकेको निर्वाचन अधिकृत पुण्यप्रसाद पाठकले जानकारी दिए ।
सो पदमा माओवादी केन्द्रकी केशवकुमारी खरालको पाँच हजार ७२० र नेपाली काँगे्रसकी राधादेवी मण्डलको पाँच हजार ७०८ मत रहेको गणना गरिएको बताइएको छ । काँग्रेसले मतगणनामा गडबडी भएको जनाउँदै पुनः मतगणनाको माग गरेपछि विवाद भएको थियो । उपप्रमुखको घोषणा वडा नं ६ को मतगणना सकिएलगत्तै हुने निर्वाचन कर्यालयले जनाएको छ । रासस