arrow

तेल पाउने पालो निजि कारजीपको

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
petrol-distribution-in-nepal.jpg.jpeg
काठमाडौं । लामो समयपछि आज (बुधवार)देखि मात्रै निजि कार र जीपले तेल हाल्न पाउने भएका छन् । नेपाल आयल निगमले आजदेखि निजी कार र जीपलाई पेट्रोल वितरण गर्न लागेको हो । पेट्रोल भर्न लाईनमा बस्दा नविकरण भएको ब्लु बुक अनिवार्य बोक्न पनि निगमले सुचित गरेको छ । 
 
निजी कार र जीपलाई लटका आधारमा दिन बिराएर निगमले पेट्रोल वितरण गर्ने तयारी गरेको छ । आज १ देखि ६ लटसम्मका निजी कार जीपलाई पेट्रोल  दिईने निगमले जनाएको छ । 
 
यस्तै २४ गते ७ देखि १० लटसम्मका र २७ गते ११ लट भन्दा माथिका कार र जीपले पेट्रोल  पाउने भएका छन् । तोकिएका ५३ ओटा पम्पबाट बिहान ९ बजेदेखि पेट्रोल बिक्री हुने र तोकिएको लट नम्बर अनुसार मात्र लाइन बस्न निगमले आग्रह गरेको छ । आज ५० वटा पेट्रोल पम्पबाट १५ लिटरका दरले निजी कार जीपले पेट्रोल भर्न पाउने छन् । भारतबाट इन्धन आयात सहज हुन थालेपछि निगमले निजी कार तथा जीपलाई पेट्रोल वितरण गर्न लागेको हो ।
 
निगमका अअनुसार हिजो मंगलबार मात्रै एक सय भन्दा धेरै इन्धन बोकेका गाडी नेपाल प्रवेश गरेका छन् । ११ सय ५० भन्दा धेरै मालवाहक गाडी नेपाल आएकोमा एक सय भन्दा धेरैमा इन्धनका रहेको निगमले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ