पुनर्बासमा काँग्रेसले खोल्यो खाता, अध्यक्ष सहित प्यानल बिजयी
प्रकाशित २०७४ असार २२ बिहिबार
393
Shares
कञ्चनपुर । कञ्चनपुरको पुनर्बासमा भएको मतगणना अनुसार वडा नम्बर ८ बाट नेपाली काँग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार श्रवण रानाको प्यानल बिजयी भएको छ । प्राप्त मत अनुसार रानाले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बुद्धि बहादुर कटुवाललाई पछि पार्दै बिजयी भएका छन ।
रानाले ६८८ मत ल्याएर बिजयी भएका हुन ।उनका निकटतम प्रतिद्वन्दी कटुवालले ६३१ मत ल्याएका थिए । माओवादी केन्द्रका प्रत्यासी बलबहादुर बिकले २९९ मत ल्याएका थिए । ८ नमबर वडामा मेयर उपमेयरमा पनि काँग्रेसकै अग्रता रहेको छ । काँग्रेसका मेयर पदका उम्मेदवार तोयप्रसाद शर्माले ७९४ उपमेयर भुलिया रानाले ७१९ मत ल्यएका थिए ।
नेकपा एमालेका मेयर पदका उम्मेदवार जीवनराज थापाले ४६६ उपमेयर शारदा बिष्ट धामीले ५५८ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । त्यसै गरि माओवादी केन्द्रका मेयर उम्मेदवार बीरबहादुर थापाले २९१ उपमेयर सीता बिकले २९५ मत ल्याएर तेस्रो स्थानमा रहेका छन ।