तौलिहवा । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली काँग्रेसले मेयर र उपमेयर दुवै पद जितेको छ । मेयरमा नेपाली कांग्रेसका अब्दुल कलाम खाँले काँग्रेसकै बागी उम्मेदवारलाई पछार्दै कुर्सी सुरक्षित गरेका हुन् ।
खाँ काँग्रेसका बागी दीर्घ नारायण पाण्डेलाई ९७९ मतले पछि पार्दै मेयर बनेका हुन् । खाँले ७७२४ तथा पाण्डेले ६७४५ मत प्राप्त गरे।
यस्तै उपमेयरमा कांग्रसकै शोभावती कुर्मी ६०१३ मतका साथ विजयी भइन् ।
उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार जीवनकुमार कुर्मीले ३०६४ मत हासिल गरे ।