सुनसरीको कोशी गाउँपालिकामा काँग्रेसका एयुब अन्सारी
प्रकाशित २०७४ असार २१ बुधबार
161
Shares
सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसबाट अध्यक्षमा एयूब अन्सारी विजयी भएका हुन् ।
अन्सारीले ४०७४ मत ल्याए । उनका प्रतिद्धन्द्धी एमालेका अजयकुमार कुसियैतले २७३२ मत ल्याए ।
उपाध्यक्षमा काँग्रेसकै अनितादेवी यादव विजयी भइन् । उनले ३४१२ मत ल्याइन् भने उनलाई पछ्याउँदै आएकी एमालेकी पार्वतादेवी उरावले २७२३ मतमात्र ल्याइन् ।