इलाम । सूर्योदय नगरपालिकाका मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मंगलबार सम्पन्न मतपरिणामअन्तर्गत नगरपालिका प्रमुखमा एमालेका रनबहादुर राई १२ हजार ९१९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेमलाल चाम्लिङले १० हजार ३२९ मत ल्याए ।
उपमेयरमा एमालेकै दुर्गा भट्टराई १२ हजार ८९० मत ल्याएर विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी वन्दना अधिकारीले नौ हजार ९९७ मत प्राप्त गरिन् ।
यससँगै इलामका १० वटै स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ । तीमध्ये इलाम, माई, देउमाई नगरपालिका र सूर्योदय नगरपालिका तथा सन्दकपुर, माई जोगमाई र चुलाचुली गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले विजय हासिल गरेको छ । फाकफोकथुम र माङ्सेबुङ गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले तथा रोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा काँग्रेसले विजय हासिल गरेको छ ।
पुर्व प्रधानमन्त्री झलनाथ खनाल र मेयर रनबहादुर राई व्यापारिक साझेदार रहेको स्थानियले बताउने गरेका छन् । गृह नगरमा नरहने राईले झलनाथ कै वलमा टिकट पाएका थिए । राई मेनपावर व्यवसायी समेत हुन् ।