arrow

झापाबाट राजपाको पहिलो जीत

logo
प्रकाशित २०७४ असार २० मंगलबार
rajapa.jpg

बनियानी (झापा)। राष्ट्रिय जनता पार्टीका नेता दिनेशप्रसाद राजवंशीले स्वतन्त्र उम्मेदवारी दिएर झापा गाउँपालिका–५ को वडाध्यक्षमा जित हासिल गरेका छन् ।  

राजवंशीले ४ सय १७ मत ल्याई निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का महेन्द्रप्रसाद राजवंशीलाई ३९ मतले पछि पार्दै जितेका हुन् ।  

यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा भएको दोस्रो चरणको स्थानीय निर्वाचनमा राजपाले भाग नलिने जनाए पनि आफ्नो पकड देखिएको स्थानमा स्वतन्त्र उम्मेदवार खडा गरेको थियो । हालसम्मको प्राप्त परिणामअनुसार झापामा राजपाले जितेको यो पहिलो हो ।

यहाँ अध्यक्षमा नेपाली काँग्रेसका जयनारायण साह चार हजार ३९३ र उपाध्यक्षमा नेकपा (एमाले) की कुन्ती बुढाथोकी ३ हजार ८१६ मत प्राप्त गरी विजयी भएका छन् । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ