झापाको कमल गाउँपालिकाको प्रमुखमा काँग्रेस एमालेको बराबर मत
प्रकाशित २०७४ असार २० मंगलबार
623
Shares
काठमाडौं । झापाको कमल गाउँपालिकामा काँग्रेस र एमालेका उम्मेदवारहरुको बराबर मत आएको छ । दिउँसो साढे १२ बजेतिर सकिएको मत गणनामा बराबर मत आएपछि अहिले दुबै दलहरुसँग छलफल गर्ने तयारी भईरहेको मुख्य निर्वाचन अधिकारी सुदर्शन राज पाण्डेले जानकारी दिए ।
उनले यस विषयमा निर्वाचन अधिकारीले दुबै दललाई बोलाएर कसरी विजयी घोषणा गर्ने भन्ने बारे छलफल चलिरहेको उनले जानकारी दिए । उनका अनुसार दुबै उम्मेदवारहरुको ८ हजार दुई सय ८५ मत आएको छ । यस अघि पनि विभिन्न स्थानीय तहमा बराबर मत आउँदा लक्की ड्र गरेर विजयी घोषणा गरिएको छ । यसमा पनि दुबै दलहरुको सहमति पछि मात्रै गर्न सकिने उनले बताए ।