arrow

निर्वाचन अपडेट: चौविस जिल्लाका २८० स्थानीय तहको मतगणना सकियो, ५४ स्थानको नतिजा आउन बाँकी

एमाले १२२, काँग्रेसले १०६ माओवादी केन्द्रले ३५, सङ्घीय समाजवादी फोरमले छ स्थानमा

logo
प्रकाशित २०७४ असार २० मंगलबार
election-local-2017.jpg

काठमाडौँ। प्रदेश नं १, ५ र ७ मा असार १४ गते भएको निर्वाचनको हालसम्म २४ जिल्लामा २८० स्थानीय तहको मतगणना सकिएको छ । 

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार २८० स्थानीयतहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भइसकेको औपचारिक रुपमा जानकारी आएको हो । निर्वाचन आयोगका अनुसार अब ११ जिल्लाका ५४ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । 

मुलुकका ३५ जिल्लाका ३३४ स्थानीय तहमा दोस्रो चरणको निर्वाचन यही असार १४ गते भएको थियो । पछिल्लो पटक कञ्चनपुर, उदयपुर, सुनसरी, मोरङ र झापाका एक÷एक स्थानीय तहमा मतगणनाको क्रममा मत सङ्ख्या फरक परेका कारण मतगणना कार्य स्थगन रहेको केन्द्रले जनाएको छ । 

अरु स्थानीय तहमा भने धमाधम मतगणना भइरहेको छ । पछिल्लो चरणमा जस्तै दोस्रो चरणको निर्वाचनमा अधिकांश स्थानमा नेकपा (एमाले) र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा देखिएको छ । 

हालसम्म एमालेले १२२, काँग्रेसले १०६ माओवादी केन्द्रले ३५, सङ्घीय समाजवादी फोरमले छ, नेपाल लोकतान्त्रिक फोरमले पाँच, राप्रपा तीन, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्रले एक स्थानमा विजय हासिल गरी स्थानीय तहको नेतृत्व लिन सफल भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ