कञ्चनपुरको भीमदत्त ३ मा काँग्रेसको प्यानल विजयी, मेयरमा काँग्रेसकै अग्रता
प्रकाशित २०७४ असार १९ सोमबार
485
Shares
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामो वडा नम्बर ३ मा नेपाली काँग्रेसका पुरै प्यानल विजयी भएको छ । आईतबार साँझ सम्पन्न मत गणना अनुसार भीमदत्त–३ मा नेपाली काँग्रेसका रामबहादुर जप्रेल अध्यक्ष पदमा विजयी भएका हुन् ।
नव निर्वाचित अध्यक्ष जप्रेलले ४९ मत अन्तरले नेकपा माओवादीका लोकराज जोशीलाई पराजित गरेका हुन् । जप्रेलले ५५७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी जोशीले ५०८ मत ल्याएका छन् । सदस्यहरुमा नेपाली काँग्रेसका कर्णबहादुर बोहरा, रमेश चौधरी, देवी बोहरा र आशा तिरुवा निर्वाचित भएका छन् ।
यस्तै वडा नम्बर २ को अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । भीमदत्त नगर–२ मा नेकपा माओवादी केन्द्रका डम्बर कार्की (डिके) विजयी भएका छन् ।
कार्कीले आफ्ना निकटमत प्रतिद्वन्द्वी दान सिह खडकायतलाई ५ मतको झिनो अन्तरले हराउदै निर्वाचित भएका हुन् ।
कार्कीले ७९० र खडकायतले ८८५ मत ल्याएका थिए । सदस्यहरुमा भने नेपाली काँग्रेसकै सम्पूर्ण उम्मेदवार निर्वाचित भएका छन् ।
भीमदत्तको मेयरमा काँग्रेसकै अग्रता
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भीमदत्त नगरपालीकाका वडा नम्बर ४, १६ र १८ को मत गणना कार्य जारी रहेको छ । भीमदत्त नगरपालीकाको मेयरमा भने नेपाली काँग्रेसकै अग्रता रहेको छ ।
नेपाली काँग्रेस ४ सय ३८ मतसहित अग्र स्थानमा रहेको छ । नेपाली काँग्रेसले ३ हजार ८ सय ८० मत प्राप्त गरेको छ । निकटमत प्रतिद्वन्द्वीका रुपमा रहेको नेकपा एमाले ३ हजार ४ सय ४२ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ ।
यस्तै माओवादी केन्द्र १ हजार २ सय ८७ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । राप्रपा भने १ हजार २ सय ७५ मत सहि पुछारमै रहेको छ ।
शुक्रबारसम्म सम्पूर्ण वडाको मत परिणाम आइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।