डडेलधुरा । डडेल्धुराको परशुराम नगरपालिकाका दुवै प्रमुख पदमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुखमा काँग्रेसका भिमबहादुर साउद विजयी भएका हुन् ।
उनले ४६२९ मत ल्याए । उनका निकटतम प्रतिद्धन्द्धी माअोवादी केन्द्रका शेर सिंह मालले ४१०२ मत प्राप्त गरे ।
उपप्रमुखमा काँग्रेसकै कलापती बोहरा विजयी भइन् । उनले ४२१३ मत ल्याइन् । उनकी निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रकी बिमला महताले ३६३८ मत प्राप्त गरिन् ।