बाजुरा । बूढीगङ्गा नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका दीपकविक्रम शाह तीन हजार ८४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामबहादुर बानियाँले तीन हजार ५६० मत प्राप्त गरेका छन्।
उपप्रमुखमा नेपाली काँग्रेसका तारा खाती थापाले तीन हजार ७६० मत प्राप्त गरी विजयी भएका छ भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मायाकुमारी खड्का थापाले तीन हजार ५२८ मत प्राप्त गरेको निर्वाचन अधिकृत चेतराज पन्तले जानकारी दिए। रासस