arrow

फिदिम अपडेट : तीन वडामा काँग्रेस, २मा माओवादी,  १ मा एमाले बिजयी, २ वडामा गणना हुँदै 

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ असार १७ शनिबार
phidim_nagarpalika_map.png

पाँचथर । पाँचथरको एक मात्र नगरपालिका फिदिम नगरपालिकाको १, २, ३ मा काँग्रेस, १२, १३ माके र १४ नम्बर वडामा एमाका उम्मेद्वार वडाअध्यक्षमा बिजयी भएका छन् । फिदिम–१, को अध्यक्षमा काँग्रेसका हर्क मोक्तान ७ सय ७४, खुला सदस्यमा राज कुमार नेम्बाङ ८ सय ३, बालानन्द अधिकारी ७ सय ४२, महिला सदस्यमा एमालेकी लक्ष्मी नेम्बाङ ७ सय ७५ र दलित महिला सदस्यमा एमालेकै भगवती कामी ७ सय ५६ मतले बिजयी भएका छन् ।

फिदिम–२, मा भने काँग्रेसको प्यानलै बिजयी भएको छ । वडा नम्बर २ को अध्यक्षमा सुकपाल तुम्बापो ५५७, खुला सदस्यमा नारायण बजगाई ५४०, भीष्म बाँस्कोटा ४९२, महिला सदस्यमा रमा निरौला ५२६ र दलित महिला सदस्यमा खुश्बु धमला ५५५ मतकासाथ बिजयी भएका छन् । त्यस्तै फिदिम–३, मा पनि काँग्रेस बिजयी भएको छ ।

फिदिम–१२, को अध्यक्षमा माओवादी केन्द्रका सन्तोष आचार्य ४०५ मत ल्याएर बिजयी भएका छन् । खुला सदस्यमा नन्दीकेशर आचार्य (एमाले) ४०८, देवी प्रसाद बाँस्कोटा (काँग्रेस) ३८०, महिला सदस्यमा इन्द्र कुमारी गुरुङ (माके) ४०३ र दलित महिला सदस्यमा सर्मिला बर्देवा (एमाले) ४०९ मत ल्याएर बिजयी बनेका छन् ।

फिदिम–१३, मा भने माओवादी केन्द्रको प्यानलै बिजयी भएको छ । अध्यक्षमा टिका नेम्बाङ ६६२, खुला सदस्यमा डिल्लीराम दुलाल ६३९, महेश राई ६३२, महिला सदस्यमा रामलक्षि राई ६३६ र दलित महिला सदस्यमा अमृता बर्देवा ६४६ मतकासाथ बिजयी भएका छन् ।

फिदिम–१४ मा भने वडा अध्यक्षमा एमालेका भीम बहादुर फागो ४१४ मत ल्याएर बिजयी भएका छन् । बाँकि सबै सदस्य नेपाली काँग्रेसका बिजयी भएका छन् । खुला सदस्यमा कुमार राई ३९३, डिल्ली कुमार राई ४३१, महिला सदस्यमा तेजमाया (लिबाङ) नेम्बाङ ४०८ र दलित महिला सदस्यमा तेजमाया कामी ४०५ मत ल्याएर बिजयी बनेका छन् । अहिले फिदिम ४ र ११ को मतगणना भइरहेको छ । उक्त दुबै वडामा काँग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ