खोटाङको दिप्रुङमा काँग्रेसका राई, अर्घाखाँचीको छत्रदेवमा पौडेल विजयी
प्रकाशित २०७४ असार १७ शनिबार
263
Shares
काठमाडौं । खोटाङको दिप्रुङ गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका राई २६ सय ६५ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका अर्जुन रोकाले १७ सय ६५ मत ल्याएका छन् । माओवादीका दिपक पाण्डेले भने ३ सय १२ मत ल्याएका छन् ।
त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकी सपना राई २२ सय २३ मतका साथ विजयी भएका छन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी अम्बिका राईले १९ सय ३४ मत ल्याएका छन् ।
उता, अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा पनि नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवार लेखनाथ पौडेल ५६ सय ४४ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी ऋषिराम अधिकारीले ४४ सय ५५ मत ल्याए । माओवादीका प्रकाश ज्ञवालीले ५ सय ३ मत मात्रै ल्याए ।
उता, उपाध्यक्ष तर्फ पनि काँग्रेस विजयी भएको छ । काँग्रेसकी तुलसीदेवी श्रेष्ठ ५६ सय ५४ मत ल्याउँदा उनकी प्रतिस्पर्धी मनि पन्थी ४१ सय ११मा सीमित भईन् ।