सोलुखुम्बुमा एमालेको अर्को झण्डा फहरायो, काँग्रेसका बागी उम्मेदवारलाई चड्कन
प्रकाशित २०७४ असार १७ शनिबार
297
Shares
सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार वीरबहादुर राई १००३ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपक खड्काले ८७१ मत ल्याए । खड्का नेपाली काँग्रेसको बागी उम्मेदवारको रुपमा स्वतन्त्रबाट उम्मेदवार भएका थिए ।
उपप्रमुखमा एमालकै लक्ष्मी बस्नेत १६ सय ७३ मतसहित विजयी भए । उपप्रमुखमा बस्नेतका निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार खिलराज बस्नेतले ८ सय ४३ मत ल्याए ।
५ हजार १ सय १३ मतदाता रहेको यो गाउँपालिकामा ३ हजार ६ सय ६७ मत खसेको थियो । सोलुमा एमालेको यो दोस्रो जित हो ।
दूधकोसी गाउँपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भइसकेको छ । प्रमुखमा एमालेका बुद्धिकिरण राई र उप प्रमुखमा जुनिता मगर विजयी भएका छन् ।