काँग्रेसले भारी मत सहित तोड्यो फोरम लोकतान्त्रिकको किल्ला
प्रकाशित २०७४ असार १७ शनिबार
189
Shares
काठमाडौं । नेपाली काँग्रेसका उम्मेदवारले कैलालीको जोशीपुरमा फोरम लोकतान्त्रिकका उम्मेदवारलाई भारी मतले पराजीत गरेको छ । फोरम लोकतान्त्रिकको किल्लाकोरुपमा रहेको जोशीपुर गाउँपालिकामा नेपाली कांग्रेसका रामकृष्ण चौधरीले ३४ सय ३२ मतका साथ विजय हाँसिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी फोरम लोकतान्त्रिकका विरु प्रसाद चौधरी २७ सय ४१ मतमा सीमित भए ।
त्यस्तै, उपाध्यक्षमा पनि काँग्रेसकै गीता कठरीया विजयी भएकी छिन् । निर्वाचन अधिकृत जीवननाथ पोख्रेलका अनुसार चौधरीले ३७ सय ६८ मत ल्याएकी छिन् । उनकी निकटतम प्रतिस्पर्धी किरण चौधरी ३४ सय ८९ मतका साथ पराजीत भईन् ।
फोरम लोकतान्त्रिकबाट अध्यक्षका उम्मेदवार विरु नेता रामजनम चौधरीका दाजु हुन् । त्यस्तै, पराजीत उपाध्यक्ष किरण मन्त्री जनकराम चौधरीकी श्रीमती हुन् ।