arrow

कञ्चनपुरको लालझाँडी गाउँपालिकामा माओवादी केन्द्र विजयी, एमाले पछारियो 

logo
प्रकाशित २०७४ असार १७ शनिबार
Kanchanpur_District.png

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजयी भएका छन् । 

अन्तिम परिणामानुसार लालझाँडी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मदन बडायक र उपाध्यक्षमा माओवादीकै सत्यादेवी महरा विजयी भएका हुन् । 

लालझाँडी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका अनुसार बडायक आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका निर्मल रानालाई १४५ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

बडायकले दुई हजार ५०९ र रानाले दुई हजार ३६४ मत तथा उपाध्यक्षमा माओवादी केन्द्रका सत्यादेवी महराले दुई हजार ३४५ मत ल्याएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सुनीतादेवी चौधरीले दुई हजार २२१ मत ल्याइन् । 

लालझाँडीमा माओवादी केन्द्र र काँग्रेस तीन तीन वडामा विजयी भएका छन् । माओवादी केन्द्र ३, ४ र ६ काँग्रेस १, २ र ५ मा विजयी भएका हुन् ।

माओवादी केन्द्रबाट क्रमशः वडा नं ३ मा टीकाराम चौधरी, ४ मा बहादुर राना र ६ मा पोतिलाल चौधरी तथा काँग्रेसबाट वडा नं १ र २ मा क्रमशः हेमराज र राना राजा राना तथा ५ मा नन्दलाल अवस्थी निर्वाचित भए । 

लालझाँडीमा १० हजार आठ हजार ५१ मतदातामध्ये आठ हजार नौ सय ६२ मत खसेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ