नेविसंघकी नेतृ कौशीला भट्ट अब भागेश्वर गाउँपालिका प्रमुख, उपाध्यक्ष पनि काँग्रेसकै
प्रकाशित २०७४ असार १६ शुक्रबार
464
Shares
काठमाडौं । नेविसंघकी नेतृ कौशीला भट्ट डडेल्धुराको भागेश्वर गाउँपालिका प्रमुखमा निर्वाचित भएकी छिन् । नेविसंघ केन्द्रीय सदस्य भट्टले कूल १७ सय १५ मत ल्याएर गाउँपालिका प्रमुख पदमा निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी बिष्णुबहादुर ठकुराठीले १५ सय ७१ मत ल्याए । उनी नेकपा एमालेको तर्फबाट उम्मेदवार हुन् ।
त्यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकै पदम बोहोरा १५ सय ४५ मतका साथ विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी एमालेकी कमला मालीको १२ सय ७० मत ल्याएकी छिन् ।