भीमदत्तमा कांग्रेसकै वर्चस्व, ३ हजार २ सय मत गन्दा १ सय १८ मतको अग्रता
र्इश्वरदत्त बडू,
प्रकाशित २०७४ असार १६ शुक्रबार
196
Shares
कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको सबै भन्दा पुरानो भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस अग्रस्थान मा रहेको छ । भीमदत्त नगरपालिका मा वडा नं. २, १८ र १९ को मत गणना जारी छ । यी तिनै वडाको मत परिणाम अनुसार नेपाली कांग्रेस अग्र स्थान मा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भीमदत्तको वडानं. १ को मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा कांग्रेसले प्यानल सहित विजय हात पारिसकेको छ । विहिबार दुई टोलीले गरिरहेको मत गणना कार्य का लागि शुक्रबार एक टोली थप गरि ३ स्थानमा मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले बताए ।
मत गणना शान्तिपूर्ण रूपमा चलिरहेको समेत उनले बताए । पछिल्लो मत परिणाम अनुसार भीमदत्त नपामा नेपाली कांग्रेस र नेकपा एमाले प्रतिस्पर्धामा रहेका छन् । ३ हजार २ सय मत गणना गर्दासम्म कांग्रेस पहिलो स्थानमा रहेको छ ।
जसमध्ये नेपाली कांग्रेसले मेयर पदमा १ हजार ३ सय ९७ मत प्राप्त गरेको छ । प्रतिद्वन्दी नेकपा एमालेले १ हजार २ सय ७४ मत प्राप्त गरि दोस्रो स्थान ओगटेको छ । माओवादी केन्द्र ५सय ७ तथा चुनाव अघि बलियो देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी २ सय ५८ ले पुछारमा रहेको छ । उपमेयरमा कांग्रेसले १ हजार ४ सय ३९ , एमाले १ हजार २ सय २८, माओवादी ५ सय ७ तथा राप्रपाले १ सय ३६मत प्राप्त गरेको छ ।