arrow

धनगढी १ मा विश्वभाषाका पूर्व स्ववियु सभापति मुडभरी भारी मतले विजयी

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
santosh_mudhavary.jpg

काठमाडौं । विश्वभाषा क्याम्पसका पूर्व स्ववियु सभापति सन्तोष मुडभरीले धनगढी उपमहानगरपालिकाको १ नं वडामा विजय हाँसिल गरेका छन् । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय मुडभरीले उपमहानगरपालिकाको सो वडामा भारी मतले विजय हाँसिल गरेका हुन् । 

शुक्रबार दिउँसो सम्पन्न मतगणनामा मुडभरीले १३ सय ८७ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार ५ सय ८२ मतमा सीमित भए । उनसँगै वडाको सबै प्यानल काँग्रेसले जितेको छ । मुडभरीको प्यानलमा विजयीहुनेहरुमा महिला सदस्य कल्याणी सिंह, दलित महिला सदस्य विमला देवल जैरु र खुल्ला सदस्यहरुमा धर्मराज उपाध्याय र सुभास चन्द रहेका छन् । 

विजयी भएपछि मुडभरीले विद्यार्थी राजनीतिको जस्तो सक्रियता र इमान्दारिता अब आफ्नो वडाको विकासमा प्रयोग गर्ने बताए ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ