arrow

लिखुपिके र महाकुलुङमा माओवादी केन्द्र विजयी

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
Maoist-750-1-750.jpg

सल्लेरी (सोलुखुम्बु) । लिखुपिके र महाकुलुङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । लिखुपिके गाउँपालिका अध्यक्षमा डम्बरबहादुर बस्नेतले एक हजार १३६ मत ल्याई विजयी हुने। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामबहादुर बस्नेतले ७६० तथा नेकपा (एमाले)का पोष्टकुमार कार्कीले ५१९ मत प्राप्त गरे। 

उपप्रमुखमा माओवादी केन्द्रकी प्रमिला बस्नेतले एक हजार ४२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस उम्मेदवारले ८२८ तथा एमाले उम्मेदवारले ५९६ मत प्राप्त गरे । पाँचवटा वडा रहेको सो गाउँपालिका काँग्रेस र माओवादी केन्द्रले दुई÷दुई तथा एमालेले एउटा वडामा जित हासिल गरेको छ । 

यस्तै महाकुलुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका सागर किराँती एक हजार ४०३ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भलाकाजी कुलुङले एक हजार ३८३ मत प्राप्त गरे। उपप्रमुखमा काँग्रेसकी विपना कुलुङ विजयी भए। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ