arrow

बाजुराको बढिमालिका नगर र छेडेदहमा गाउँपालिकामा काँग्रेस विजयी 

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
bajura-district.png

बाजुरा । बाजुराको बढिमालिका नगरपालिका र छेडेदह गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । नगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका पदम बढुवाल २९ सय ४० मत सहित पहिलो भएका हुन् भने उपमेयरमा काँग्रेसकै  कविता बुढा विष्ट विजयी भएकी  छिन् । 

त्यस्तै, छेडेदहको अध्यक्ष उपाध्यक्ष सहित अत्याधिक बहुमत सदस्य नेपाली काँग्रेसले जितेको छ । शुक्रवार विहान सार्वजनिक भएको मतगणनाको अन्तिम मत परिणाम अनुसार छेडेदह गाउँपालिकामा नेपाली काँग्रेसकाको अध्यक्षमा काँग्रेसका नर बहादुर रावतले ३७०५मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका लाल बहादुर ओलीले ३१ सय मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका कुन्ति बुढा ३६७१ मत प्राप्त गरी विजयी भएकी छन् ।

उनकी निकटतम प्रतिद्धन्द्धी एमालेकी पवित्रा शाहीले ३१२५ मत प्राप्त गरेकी हुन् । छेडेदह गाउँपालिकाका ७ वटा वडा मध्ये नेपाली काँग्रेसले ४ र एमालेले २ स्थानमा जित हात पारेका छन् । माओवादी केन्द्र भने शुन्य जस्तै भएको छ । बाजुराको यो दोस्रो निर्वाचन परिणाम हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ