दाङको तुलसीपुर र घोराही उपमहानगरपालिकामा एमालेको अग्रता
प्रकाशित २०७४ असार १६ शुक्रबार
583
Shares
दाङ। दाङको तुलसीपुर उपमहानगरपालीका र घोराही उपमहानगपालीकामा नेकपा एमालेको अग्रता कायम गरेको छ । प्रारम्भदेखि एमालेले अग्रता कायम रोखेको हो तुलसीपुर र घोराहीका वडा नम्वर १ मा एमालेले बिजयी हासील गरेको छ ।
एमालेले तुलसीपुर उपमहानगरपालीकामा मेयर पदमा २ हजार ९४ मत र उपमेयरमा १९ सय ९९ मत प्राप्त गरेको छ । काँग्रेसका मेयर पदका उमेदवारले १६ सय ३१ मत प्राप्त गरेका छन् । काँग्रेसले उपमेयरमा १७ सय १९ मत प्राप्त गरेको छ ।
नेकपा माओबादी केन्द्रले २ सय ९६ र उपमेयरमा ३ सय ८ मत प्राप्त गरेको छ ।
राप्रपाले मेयरमा २१ र उपमेयरमा २२,नयाँ शक्ति मेयरमा ३ र उपमेयरमा ४, मधेसी जनअधिकार फोरम उपमेयर ३, नेकपा माले मेयरमा ८ र उपमेयरमा १०,राष्टिय जनमोर्चा मेयर २ र उपमेयर ६,स्वतन्त्र घर चिन्ह उपमेयर ७,क्यामरा ईश्वरी प्रसाद गैरे मेयर १, पानी फिल्टर हंशराज २ मत प्राप्त गरेका छन् ।
वडा नम्वर २ मा वडा अध्यक्षमा काग्रेस ४ सय ९१,एमाले ५ सय २९ र नेकपा माआबोदी केन्द्र १ सय ७८ र नेकपा मालेले २ मत प्राप्त गरेका छन् । अन्य कुनै पनि दलले मत प्राप्त गरेका छैनन् । वडा नम्वर ३ मा काग्रेस वडा अध्यक्षमा ३ सय २४,एमाले ४ सय १९,नेकपा माओवादी ९३,राप्रपा ११,नयाशक्ति १,नेकपा माले ४,राजमो १,घर चिन्ह वडा अध्यक्ष ३,मुठ्ठि कसेको चिन्ह ९३ मत प्राप्त गरेका छन् ।
दाङको घोराही उपमहाजगरपालिकामा नेकपा एमालेले फराकिलो अग्रता तयार पारेको छ । एमालेले २ हजार १ सय ३१ मतको फराकिलो अग्रता लिएको छ ।
एमाले मेयर ३७ सय २ र उपमेयरमा २१ सय ७१, काग्रेस मेयर १५ सय ७१ र उपमेयर १६ सय ३०,माओबादी केन्द्र मेयर ९ सय ७६ र उपमेयर एक हजार ५ मत प्राप्त गरेका छन् ।
लमहीमा काँग्रेस मेयर ३ सय ९८,उपमेयर ४ सय २,नेकपा एमाले ३ सय १२ र उपमेयर २ सय ९१ र माओबादी केन्द्र २ सय ९ र उपमेयरमा २ सय २० मत प्राप्त गरेका छन् ।
त्यस्तै राप्रपाले मेयरमा ७५ र उप प्रमुखमा ६१ म्त प्राप्त गरेको छ । स्वतन्त्र बाट उम्मेदवारी दिएका क्यामरा चिन्हमा मेयरमा ४मत प्राप्त भएको छ । यता जनमोर्चाको ७६ र उप प्रमुखमा ५७ मत ,फोरम लोकतान्त्रिकको ३, स्वतन्त्र ब्याडमेन्टिन २ मत प्राप्त भएको छ ।
लमही नगरपालिकको वडा नम्बर १ र २ मत गणना भई रहेको छ ।
वडा अध्यक्षमा बिजयीः
माओबादी १२,एमाले ४ र काग्रेस ३ स्थानमा बिजयी भई सकेका छन् । जिल्लामा ५ सय २० जनाका लागि २३८२ जनाले उम्मेदवारी दिएका छन् । दाङमा २ लाख ९१ हजार १ सय ९३ जना मतदाता मध्ये २ लाख १८ हजार ३ सय ३९ जनाले मतदान गरेका छन् ।