बाजुरा । बाजुराको पाण्डब गुफा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष र उपाध्यक्षमै एमाले विजयी भएको हो । १४५१ मतका साथ कालीबहादुर शाही अध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्वार सुन्दर बिष्टले ९८९ मत ल्याए । त्यसैगरी ऐना गिरीले १४९० मतका साथ उपाध्यक्षमा विजय हासिल गरेकी हुन् । उनकी प्रतिस्पर्धी तारा रोकायाले ९८७ मत ल्याइन् ।
त्यस्तै वडा नं १ मा एमालेका रामलाल बोगटी, वडा नं २ मा एमालेका कर्ण बहादुर बिष्ट, वडा नं ३ मा एमालेकै डम्मरबहादुर शाही, वडा नं ४ मा काँग्रेसका पवन भण्डारी, वडा नं ५ मा माओवादी केन्द्रका प्रकाशबहादुर शाही र वडा नं ६ मा एमालेका कटकबहादुर बिष्ट विजयी भएका छन् ।